आजको मौसम : वर्षा जारी रहने

लोकखबर
१९ असार २०७७, शुक्रबार ०७:४१

मकवानपुर । दुई दिन केही कम भएको वर्षाको मात्रा आज (शुक्रबार) बाट फेरि बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मनसुन सक्रिय भएका कारण कम्तीमा तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो।

मौसमविद्का अनुसार बुधबार र बिहीबार मनसुन सामान्य अवस्थामा रहेका कारण यी दुई दिन तुलनात्मक रूपमा वर्षा केही कम भइरहेको थियो। तर आजबाट मनसुन पुनः ‘एक्टिभ’ भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो।

‘हामी सामान्यतया ७२ घण्टा ९तीन दिन० को मौसम अनुमान गर्छौं,’ मौसमविद् मानन्धरले शुक्रबार बिहान भनिन्, ‘यस अवधिभर वर्षा अलि बढी हुने सम्भावना देखिएको छ।’

मैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनअुनसार आज, भोलि र पर्सिसम्मै देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कही स्थानमा भारी ९ठूलो० वर्षा हुने सम्भावना छ।

यस क्रममा आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

यसैगरी राति पनि देशका धेरै स्थान वर्षा हुनेछ भने प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिकृया

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु