धानमा खैरो थोप्ले रोग

लोकखबर
४ भाद्र २०७८, शुक्रबार १४:०९

मकवानपुर । धानमा खैरो थोप्ले रोग देखिएपछि सल्यानका किसान चिन्तित भएका छन्। शारदा नगरपालिका–९ मा ढुसीबाट उत्पन्न हुने खैरो थोल्ले रोगको प्रकोप देखिएको हो।१५० रोपनीमा लगाएको धानमा समस्या आएको किसान धनबहादुर कुँवरले बताए। ४० घरधुरीले लगाएको करिब ३५० रोपनी मध्ये १५० रोपनीभन्दा बढी धानमा रोग देखिएको उनको भनाइ छ।किसानले धानमा समस्या आएको जानकारी गराएपछि प्राविधिकसहितको टोलीले अनुगमन गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। धानको रोगसम्बन्धी गुनासो लिएर किसान कार्यालयमै आएपिछि रोगको पहिचान गरिएको ब्लक विकास अधिकृत सन्दिपकुमार अधिकारीले बताए। राधा–४, खुमल–४‚ मन्सुलीलगायत जातको धान खेती गरिने र धेरै वर्षदेखि बिउ परिवर्तन नगर्दा उक्त रोगको समस्या देखिएको हुन सक्ने प्राविधिक सौभाग्य जंग बस्नेतले बताए।सन्तुलित मात्रामा मलखादको प्रयोग नगर्नु, वर्षे मकैबाट ढुसीका कणहरु हावाको माध्यमबाट धानमा प्रशारण भएको, ढुसी फैलनका लागि उपयुक्त वातावरण भएका कारण पनि खैरो थोल्ले रोग देखा परेको उनको भनाइ छ।रोगले धेरैमात्रामा क्षति गरिसकेकाले आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत ४० घरधुरीलाई ढुसीनाषक विषादी सहयोग गरेको कार्यालय प्रमुख महेश आचार्यले बताए।थाहाखबर डटकमबाट

 

प्रतिकृया

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु