राधा पियारीको एक गजल !
आजकल मनमा बस्न एउटा मान्छे आएको छ
हर्षित हुँदै मेरो मनले केही भन्न चाहेको छ ।
मिठो बोली सफा मन व्यक्तित्वमा अब्बल ऊ
अन्तर्मनको कन्दरामा जताततै छाएको छ ।
पहिलो दिनमै पिरतीको फूल रोप्यो मनभरी
अनगिन्ती प्रेमिल गीत मेरो मनले गाएको छ ।
एकान्तमा रहँदा बस्दा उसकै झल्को आउने
खै कुन्नी किन यो मन उसैतर्फ धाएको छ ।
सपनीको भएपनि भाग्यमानी रहेछ ऊ
यो राधाको सम्झना र चोखो माया पाएको छ ।