कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा सुयशा खनाल

मकवानपुर । ‘कमेडी च्याम्पियन’ सिजन ३ की सर्वाधिक चर्चित प्रतियोगी सुयशा खनाल शोको उत्कृष्ट ७ का लागि छानिएकी छिन् । उत्कृष्ट ८ को प्रस्तुतिमा पफोमर अफ द राउण्ड जित्दै उनी सिधै उत्कृष्ट ७ मा प्रवेश गरेकी हुन् । योसँगै उनले शोमा २ पटक पफोमर अफ द राउण्ड जितेकी छिन् । यसअघि उनले उत्कृष्ट १० बाट पफोमर अफ द राउण्ड जितेकी थिईन् ।
उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा सुयशाले ब्युटीसियनको क्यारेक्टरमा रहेर समाजका बेतिथिमाथि र कमेडी च्याम्पियन टिमप्रति कडा व्यङ्ग्य गरेकी थिईन् । उनको दमदार प्रस्तुतिमा सबै निर्णायक र दर्शकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनलाई सबै निर्णायकहरुले ५०–५० गरी २०० भोट गोल्डेन भोटका रुपमा प्रदान गरेका थिए । सुयशाले शोमा लगातार चर्चा कमाउँदैछिन् । उनी शोमा दोस्रो पटक पफोमर अफ द राउण्ड जित्ने पहिलो प्रतियोगी हुन् ।
सुयशा नवलपराशीकी हुन् । उत्कृष्ट १० र उत्कृष्ट ८ को प्रस्तुतिपश्चात २ पटक पफोर अफ द राउण्ड जितेकी सुयशाले ४ पटक गोल्डेन भोट पाएकी छिन् । उनले उत्कृष्ट १६, उत्कृष्ट १०, उत्कृष्ट ९ र उत्कृष्ट ८ को प्रस्तुतिमा सबै निर्णायकबाट गोल्डेन भोट पाएकी हुन् ।
उनले सुपर थर्टी राउण्डमा गोल्डेन बजर पनि पाएकी थिईन् । त्यस समयमा उनले प्रस्तुति नसकिँदै गोल्डेन बर्जर पाएकी थिईन् । प्रस्तुति नसकिँदै गोल्डेन बजर पाउने उनी पहिलो र एकमात्र प्रतियोगी हुन् । ४ वर्षको उमेरदेखि कमेडी गर्न थालेकी उनी अहिले १२ वर्षकी भईन् । उनी कमेडी च्याम्पियनकै ईतिहासमा सबैभन्दा कम उमेरकी प्रतियोगी हुन् । उनलाई कमेडीमा उनका बुवाले निक्कै सघाएका छन् ।