‘स्वास्थ्य मन्त्रालय जुनसुकै विपदमा पनि जनताको सुरक्षामा’–मन्त्री श्रेष्ठ

लोकखबर
१ असार २०८१, शुक्रबार १८:३९

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय जुनसुकै विपदमा पनि जनताको सुरक्षाका लागि काम गर्न तत्पर रहेको दाबी गरेका छन्। शुक्रबार २० औं विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको सहकार्यमा गरिएको कार्यक्रममा स्वास्थ्य मन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा धेरै पटक रगत दिएर सहयोग गरेका रक्तदाताहरु र संघसस्थाहरुलाई सम्मान गरिएको थियो । समाजमा आई पर्ने समस्याहरुमा स्वास्थ्य मन्त्रालयले योजना बनाई १३ वटै जिल्लामा कार्यक्रम गरि अघि बढ्ने मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र मकवानपुरले विभिन्न समयमा अमुल्य रक्तदान गरि मानवीय कार्यमा सहयोग पुर्याएको भन्दै १ सय ५१ संस्था तथा व्यक्तिहरुलाई सम्मान प्रदान गरेको थियो । रक्तदान कार्यक्रममा ४ जना महिला र ३४ जना पुरुष गरी जम्मा ३८ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस मकवानपुरका लाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका दिपक तिवारी, १४ नम्बर गण मकवानपुरका सशस्त्र प्रहरी बल ज्ञान प्रसाद भुर्तेल,जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र प्रसाद यादव, मदन भण्डारी फाउण्डेसन मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*