असन्तुष्टि जनाउँदै सदस्य ढकालले दिए राजिनामा

लोकखबर
३ कार्तिक २०८१, शनिबार ०७:३०

मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले आफूभन्दा कनिष्टलाई अध्यक्षमा नियुक्त गरिएको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सदस्य ढकालले शुक्रबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा दिएका हुन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क) बमोजिम कार्तिक ११ गतेदेखि लागू हुने गरी सदस्य पदबाट राजीनामा दिएको ढकालले बताए ।

बागमती प्रदेश सरकारले सहसचिव तहको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरेकाले आफूले राजीनामा दिएको ढकालको भनाई छ ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने भने प्रदेश लोकसेवा आयोगको अध्यक्ष कसलाई बनाउने भनेर छलफल भएको तर टुंगोमा नपुगेको बताउँछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका पूर्वनिर्देशक महेश्वर श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग बागमतीको अध्यक्ष नियुक्त गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*