आदीवासी जनजातीको अधिवेसन

प्रधानलाई अध्यक्षको जिम्मा
लोकखबर
२१ चैत्र २०८१, शुक्रबार १८:३९

विदुर–नेपाल आदिवासी जनजाती महासङ्घ विदुर नगर समन्वय परिषदको अधिवेसन विदुरमा सम्पन्न भएको छ । अधिवेसनले अध्यक्षमा वट्टारवजारकी लक्ष्मी प्रधानलाई सर्वसम्मत चयन गरेको छ ।
अध्यक्ष प्रधानको नेतृत्वमा १६ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा गुणदास कुमाल, सुशीला वाईबातामाङ, माया माझी र मिनु घले चयन भएका छन् ।
यसैगरी समितिको सचिवमा मनिषमान राजभण्डारी, कोषाध्यक्षमा लीलुमाया तामाङ, सहसचिवमा लक्ष्मी आलेमगर, रेखा घले, विराटमानसिंह डङ्गोल र भीमबहादुर तामाङ रहेका छन् । नवनिर्वाचित अध्यक्ष प्रधानले सबैको सहकार्यमा संस्थाले आगामी दिनमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिकृया

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु