गोली हानेर नियन्त्रणमा लिइयो विप्लवका कार्यकर्ता
काभ्रे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई प्रहरीले काभ्रेमा गोली हानेर पक्राउ गरेको छ।
मंगलबार राति काठमाडौंबाट सर्चमा गएको प्रहरी टोलीले काभ्रेको रोशी गाउँपालिका-२ खहरेपाँगुस्थित काफलडाँडामा गोली हानेर विप्लवका दुई कार्यकर्ता पक्राउ गरेको जनाइएको छ । विप्लव कार्यकर्ताले फायरिङ गरेपछि गोली हान्नु परेको प्रहरीको भनाइ छ।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा प्रहरी टोली काफलडाँडा पुगेको थियो । काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्ष रविराज खड्काका अनुसार, गोली हानाहानमा मानवीय क्षति भएको छैन् ।
प्रहरीले गोली चलाएपछि विप्लव कार्यकर्ता भाग्न खोजेका थिए । त्यही क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । दुवै जनाको नाम भने सार्वजनिक गरिएको छैन् ।
पक्राउ गरिएका दुवै जनालाई काठमाडौं नै लगेर आवश्यक कारवाही अगाडी बढाइएको प्रहरीको भनाई छ ।