गजल
रोजगारीले तानेर गएको थियौ बाबू अब आउछौ कहिले ?
फेरि पनि आमा-बा भनी त्यो सुमधुर शब्द बोलाउछौ कहिले र?
बुढेसकालमा त सबैले हेप्दा रहेछन् नि त कान्छा
तिम्रो हातले चाउरिएको हातमा लठ्ठी टेकाउछौ कहिले ?
हाम्रो अन्तिम शाशमा तिम्रो आएर तिम्रो बोली त्यो अनि
तिम्रो हातबाट एकचम्चा पानी तिमिले नै खुवाउछौ कहिले र ?
( वैदेशिएको छोरालाई आमा बोलाउछिन अनि छोरा भन्छन् )
आउन मन हुदाहुदै पनि खाडिमा छु आउन पाइन आमा
पर्खी बसेको छु वेदनाले भरिएको चिठी पठाउछौ कहिले ?
छोराको भबिस्य उज्ज्वल होस् भन्दै आज खाडिमा पठायौ
मेरो यादले नतड्पि अबका दिनहरु तिमिले बिताउछौ कहिले ?
कक्षा १०, जीएस निकेतन, हेटौंडा