गजल

रोशनी चौलागाईं
२० जेष्ठ २०७७, मंगलवार ०९:३४

रोजगारीले तानेर गएको थियौ बाबू अब आउछौ कहिले ?
फेरि पनि आमा-बा भनी त्यो सुमधुर शब्द बोलाउछौ कहिले र?

बुढेसकालमा त सबैले हेप्दा रहेछन् नि त कान्छा
तिम्रो हातले चाउरिएको हातमा लठ्ठी टेकाउछौ कहिले ?

हाम्रो अन्तिम शाशमा तिम्रो आएर तिम्रो बोली त्यो अनि
तिम्रो हातबाट एकचम्चा पानी  तिमिले नै खुवाउछौ कहिले र ?

( वैदेशिएको छोरालाई आमा बोलाउछिन अनि छोरा भन्छन् )

आउन मन हुदाहुदै पनि  खाडिमा छु आउन पाइन आमा
पर्खी बसेको छु वेदनाले भरिएको चिठी पठाउछौ कहिले ?

छोराको भबिस्य  उज्ज्वल होस्  भन्दै आज खाडिमा पठायौ
मेरो यादले नतड्पि अबका दिनहरु तिमिले बिताउछौ कहिले ?
कक्षा १०, जीएस निकेतन, हेटौंडा

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*