कपनको झाडीमा फालेको होइन जानीजानी राखिएको थियो बालिकालाई

लोकखबर
२० श्रावण २०७७, मंगलवार १३:५७

मकवानपुर । गत सोमबार साँझ कपनस्थित आकाशेधाराको चौर छेउको झाडीमा फालिएको भनिएकी बालिकालाई जानीजानी राखेको पाइएको छ । प्रहरी अनुसन्धानका क्रममा आमाकै सहमतिमा ती बालिकालाई ‘कार्टुन’मा राखेर त्यहाँ छाडिएको पाइएको हो ।

तर आमाले बाध्यताका कारण आफैँले जन्माएको सन्तानलाई छोड्नुपरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

के थियो वास्तविक घटना ?

प्रहरीका अनुसार एक ३८ वर्षीय महिला असारमा वैदेशिक रोजगारीबाट नेपाल फर्किएकी थिइन् । वैदेशिक रोजगारीकै क्रममा उनको अवैध गर्भ रहन गयो । गर्भ रहेपछि उनले बच्चालाई जन्म दिने योजना बनाइन् । तर नेपालमा उनी विवाहित महिला नै थिइन् । विदेशबाट फर्किँदा गर्भसहित घर जान समस्या हुने भएपछि उनी महाराजगञ्जमा रहेको आप्रवासी महिला समूहको सेल्टरमा पुगिन् ।

गर्भवती भएको अवस्थामा उनी झण्डै एक महिना सोही सेल्टरमा बसिन् । त्यही क्रममा साउनको पहिलो साता उनले टिचिङ अस्पतालमा छोरीलाई जन्म दिइन् । तर छोरी लिएर घर जानसक्ने अवस्था नभएको बताए पछि आप्रवासी महिला कामदार समूहले पुष्षा अधिकारीले सञ्चालन गरेको बालगृहमा बालिका हुर्काउने योजना बनाए ।

प्रहरीका अनुसार आप्रवासी महिला कामदार समूहकी संयोजक जमुना गिरीले बालगृहकी पुष्षासँग कुरा गरिन् । त्यही क्रममा उनीहरुले बालिकालाई कपनस्थित आकाशेधाराको चौर छेउको झाडीमा छाडेर जाने र त्यहाँबाट बेवारिसे भन्दै बालगृहले लैजाने योजना बनाए । सोही योजनाअनुसार बालिकालाई त्यहाँ राखिएको पाइएको एसएसपी ज्ञवालीले बताए । तर सञ्चारमाध्यममा लगातार बेवारिसे बालिका भनेर आए पनि आमा सम्पर्कमा आएकी हुन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*