विराटनगरमा न्यायाधीशमा कोरोना संक्रमण, अदालतको सेवा ३ दिन बन्द
मकवानपुर । विराटनगरमा न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीशसहितका कर्मचारीको पीसीआर परीक्षण भएको थियो । एक न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।
अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार अदालतको सेवा तीन दिनका लागि बन्द गरिने भएको छ ।
अदालतका अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरी स्वाब लिन र परीक्षण गर्न विराटनगर महानगरपालिकालाई आग्रह गरिएको पौडेलले बताए । बाह्रखरी डटकमबाट