इपामा कृष्णाष्टमी मेला भव्य

कृष्णजात्रा मनाउन गाउँपालिकासंग सहयोगको अपेक्षा
रामकुमार दानी
२८ श्रावण २०७७, बुधबार १७:२६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ साविक इपापन्चकन्या गाविसमको देवीथानमा कृष्णाष्टमी मेला मनाइएको छ ।
ओमशान्ति वृद्द कल्याण केन्द्र इपापन्चकन्याले आयोजना गरेको मेलामा भक्तजनहरुको सहभागिता थियो ।

आयोजक केन्द्रका अध्यक्ष सुरविक्रम ठकुरीका अनुसार लोप हुन लागेको धर्मसंस्कृती जगेर्ना गर्ने उद्देश्यले कृष्णाष्टमी मेला आयोजना गरिएको हो । अध्यक्ष ठकुरीले भने, ‘मेलामा कृष्णाष्टमीका दिन भगवान कृष्ण जन्मेको साइतलाइ छोपी दीप प्रज्वलन गरी स्थानीय झाँकीहरुले लोक भाकामा आधारित गीत, खैजेडी भजन, कृष्णलीलामा आधारित भजन गाई रातभरी जागराम बसी कृष्ण भगवानको रथलाइ रथयात्रा गरी इपापन्चकन्याको देवीथान बाट उखुबारी माझाटोल तीनकुने– कार्कीटोल–पाखाटोल किटिनी हुँदै पुन देवीथानमा लगेर यस वर्षको कृष्णाष्टमी मेला समापन गरियो । ’

रथयात्रा कार्यक्रममा उल्लेख्य स्थानीय भक्तजनहरुको उपस्थिति रहेको ओमशान्ति वृद्द कल्याण केन्द्रका सदस्य मोहनबहादुर कठायतले भने, ‘अहिलेसम्म हामीले दुई पटक यो मेला मनायौ । पोहोरभन्दा अहिले धेरै राम्रो भयो । हामी विस्तारै भीमफेदीको भीमसेन जात्रा भने जस्तै इपाको कृष्णजात्रा भनेर परिचित गराउँछौ । ’ कठायतले यसका लागि आफूहरुलाई भीमफेदी गाउपालिकाबाट विभिन्न प्रकारका साथ सहयोगको अपेक्षा गरिएको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*