मकवानपुरमा निषेधाज्ञा थपियो

लोकखबर
३२ श्रावण २०७७, आईतवार १०:२७

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भोलि भदौ १ गतेबाट ९ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

हेटौंडामा कोरोना संक्रमित थपिइरहेकाले आज बसेको कमाण्ड पोष्टको बैठकले ९ गतेसम्म निषेधाज्ञा थपिएको कमाण्ड पोष्टका सदस्य मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

यसअघि मकवानपुरको हेटौंडा सहित मनहरी गाउँपालिकाको केही भागमा साउन २६ गतेबाट निषेधज्ञा जारी गरिएको थियो । यसअघिको निषधाज्ञामा विहान ५ बजेदेखि ९ बजेसम्म अत्यावश्यक किराना पसल, तरकारी तथा फलफूल पसल खुलाइएकोमा अब भने विहान ८ बजेसम्म मात्र खुला गर्न दिइने निर्णय भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*