घरमै बसेर तीज मनाऔं
सम्पूर्णमा हार्दिक अभिवादन व्यक्त गर्न चाहान्छु । आज नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७७ को अवसरमा आमा, दिदीबहिनी,दाजुभाईहरु लगायत स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आजको दिन त हामी महिलाहरुको लागि विशेष दिन हो अहिले आयर आजको दिनलाई स्वतन्त्रताको दिनको रुपमा लियता पनि धर्मग्रन्थ अनुसार सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनको लागि गरिएको तपस्या तथा त्याग अनि निराहार व्रत नै हरितालिका तीज हो भन्ने भनाईहरु छन् । भनिन्छ, देवी देवता भनेर मानियको बेला तथा चलनचल्तीदेखि पनि महिला अर्थात् पार्वतीले पुरुष अर्थात् महादेव पती पाउनको लागि गरिएको तपस्या एउटा संघर्ष र ससक्तीकरण हो भने महादेव पाउनकै लागि उनले गर्नु परेको कठिन परिस्थिति तपस्या एउटी महिलाको त्याग अनि कष्ट पनि हो । खास गरेर यस पर्वलाई अहिले जसरी मनाउन थालेता पनि पहिले पहिले हामी सानो छँदा खेरी मनाउने तीज अहिलेको भन्दा फरक थियो मलाई ।
अझै पनि त्यति बेलाको तिजको स्मरणआउछ तीज आयो भनेपछि भाउजुहरुलाई उहाँहरुको दाजुभाईले एक दुई दिन अगाडी लिन आउनुहुन्थ्यो । र, उहाँहरु पनि माईत जानुहुन्थ्यो घरमा दिदिहरुलाई लिन जाने होडबाजी चल्थ्यो अनि आमाले भन्नुहुन्थ्योे– तीजमा दिदीलाई लिनको लागि त भाइ जानुपर्छ । हामी सन्नाट हुन्थ्यौं र आमाको कुरा मानेर घरमा दिदीको भाईहरु अर्थात् मेरो दाजुहरु हुनुहुन्छ भने बाँकीहरु दिदी लिन जानुहुन्थ्यो र दाजु भाईहरु घरमा हुनु हुन्थेन भने काकाको छोराहरुलाइ खोजीखोजी दिदी लिन पठाउने चलन थियो । हामी खुसी हुन्थ्यौं दिदी आउनुहुन्छ दर खान पाईन्छ । नयाँ रातो घाँगर वा आमाको रातो साडी लगाउन पाईन्छ र दूध फलफूल मिठाईं पनि साँझपख खान पाईन्छ व्रत बसिन्छ । साथीभाईहरु जम्मा होईन्छ र मज्जाले लोकगीत गायर मादल बजायर नाँच्न पाईन्छ भनेर आजको नानीहरुले जस्तोसुकै महंगो र राम्रो लगाउन पाए पनि त्यति बेला हामी पूरानै आमाको रातो धोती साडी लाउन पाउदैमा धेरै खुसी हुन्थ्यौं । मन परेको श्रीमान पाउन गरिएको व्रत श्रीमतीले श्रीमानको आयू लामो हुन गरिएको व्रत श्रीमान श्रीमती बिचको माँया सद्भाव सामिप्यता र चेली र माईती बिचको प्रगाढ माया बढाउने यस पर्वले हाम्रो देश नेपालको जातजाती धर्म संस्कृती र सद्भावलाइ जोगाउने गरेको थियो र छ पनि । त्यति खेरको जुन तीजलाई पनि सम्झन्छु र अहिलेको तीजलाई नियाल्छु सबैकुरा आकाश जमीन फरक देख्छु । त्यतिबेला जुन किसिमले तीज मनाईन्थ्यो जुन तीजले हामी रमाउथ्यौं खुसी हुन्थ्यौं अहिलेको तीजले आजका दिदीबहिनी र नानीहरूलाई रमाइलो दिदैन उनीहरु खुसी हुदैनन् ।
ती हाम्रो पूरानो तिजमा रमाउदैन र ती सबै पूरानो कुरा हुन भनेर भन्ने गर्दछन् र अहिलेको ध्रम ब्रत र संसकृती बचाउने भन्दा पनि अर्कोतर्फ तीज ढल्किरहेको मैले पाई रहेको छु । मनोरन्जन र देखासिकी को रुपमा मात्रै तीजलाई लिईरहेको बुझ्दछु । तर यसो भन्दैमा सबै आम नेपालीहरु पूरानै ढर्रामा उभिनपर्छ भन्ने मेरो मान्यता होईन तर ती पूराना हाम्रो संस्कृतीलाई चाहीँ पक्कै पनि हामीले भुल्नु हुदैन चाडपर्व धर्म संसकृती पनि हाम्रो नेपालको हामी नेपाली अरुको सान हो ईज्जत हो यसलाई जोगाउनपर्छ र अहिलेको नयाँ पुस्तालाई जानकारी पनि गराउन जरुरी छ । अनि पूराना कुरिति कुसंस्कार जुन श्रीमान्को आयु बढ्ने नाममा गोडा ढोग्ने फोहोर कुल्चेर हिड्ने गोडा धोको पानी खाने चलनलाइ हटाउदै संस्कृतीलाई जोगाउँदै हामी अगाडी बढ्नु पदर्छ ।
तीज हाम्रो नेपालमा संस्कृतीको रुपमा एउटा महान पर्वको रुपमा मनाउदै आईरहेको छ । र तीजको एक दिन अगाडी राती उठेर दर खायर विहान पुजाआजा भजन कृतन गरी मनाउने गरेको पनि छ । तर तीज पछिल्लो समयमा धेरै मान्छे भेला हुने नाँच गान गर्ने संघसंस्था संगठनहरु लगायत अनि टोलटोलमै टोलैपिच्छे अनि होटल रेस्टुरेन्टमा धेरै पैसा खर्च गरेर रमझममा तीजलाई मनाउने गरेको पनि छ । महंगो र नयाँ साडी ठूला–ठूला गर गहना प्रदर्शन गर्ने युट्युव फेसबुकमा होडबाजी गर्ने पनि चलन चल्न थाल्यो तर सबैले सबै ठाउँमा यस्तो होड भयो भनेर आरोपहरु आयता पनि महंगो भड्किलो नगरी कन सामान्य सहज सरल र सस्तो तवरले तीज मनाउनुपर्छ ।
संसकृती जोगाउनुपर्छ समय र परिस्थिति अनुसार तीज मनाउनुपर्छ पुरुषहरले एकै थलोमा दशौं हजार जाँड खायर सकाउदा नउठेको आवाज महिलाहरुले बर्षभरी दःुख गरेर आफैंले कमायर वा घरबाट दिएर एक हजारको साडी लगाउदैमा आवाज उठाई हाल्नुपर्छ भन्ने होईन बरु नाँचगान पुजाआजा र रमाइलोको लागि हौसला दिनुपर्छ । सहयोग गर्नुपर्छ उत्साह उत्प्रेरणा दिदै धन्यवाद दिनु पर्छ जसको कारणले नेपालको संकृती बचाउन मद्दत पुग्नेछ । मनोसाजिक समस्या हुन बाट बाँच्न र बचाउने मद्दत मिल्दछ । रमाइलो र मनोरन्जन अनि अभियान कार्यक्रमको रुपमा सुसचित हुने गरेर केही दिन मनाईएता पनि महिनाभरी नै खर्चिलो गरेर बियर भोड्का मासु र पुलाउ खायर मनाउनु चाँही हुदैन र अझै हामीले यस वर्षको तीजलाई त समय र परिस्थितिलाई मध्येनजर गर्दै मनाउँुपर्छ । विशेष गरेर कोरोना भाईरस कोभिड १९ का कारणले सबैजना एकैठाउँमा भेला भयर मन्दिर जाने पुजाआजा गर्ने नाँच्ने गाउने गरेर तीज मनाउन सक्ने अवस्था छैन त्यसैले हामी जो जहाँ छौ त्यहीँ सुरक्षित भयर यस पर्वलाई मनाउनपर्ने छ र सुरक्षित तवरले घरमै बसेर तीज मनाउन हुनको लागि हार्दिक अनुरोध छ । र अहिले हामी संकटको घडीमा छौं यसलाई हामी सबै आत्तियर होईन सजग भएर रोयर करायर होईन । हाँसी खुसीका साथ पार गर्न सकँु यसको निम्ति सम्पूर्णमा शक्ति मिलोस् सबैलाई धेरै धेरै शुभकामना छ ।
लेखक राना, भीमफेदी गाउँपालिका मकवानपुरका उपाध्यक्ष हुन् ।