हाइकु

सृजना पुडासैनी
१७ भाद्र २०७७, बुधबार १९:३३

१)
शितको थोपा
बलेसिमा झर्दै छ
छानो रुवाइ

२)
सेतो हिउको
सुन्दरताले सबैको
मनै लोभ्यायो

३)
फुल्दै फुल्दिन
बसन्तले बोलाए नि
उनिउ हु म

४)
राम्रि हुनु नै
जीवन को अभिलासा
आधुनिक सस्कार  / युग

५)
दुख सहन्छु
सघर्स नै जीवन हो
नग्रा खियाएर

६)
सुकेको पात
हरियो हुने आस
जिजिबिसाले

७)
हासेको हैन
पिडाले घोचेको हो
ओठमै आएर

८)
रात हटेर नै
सुनौलो बिहानिले
भेट्न आयो है

९)
पाटी हेरिन्छ
राम्रो दक्ष भन्दा नि
हाम्रो हेरिन्छ

१०)
लडदै छु म
नजिते सम्म लड्छु
मैदान छोडिन्न

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*