हेटौंडामा निषेधाज्ञाबारे यस्तो निर्णय हुँदै

लोकखबर
२३ भाद्र २०७७, मंगलवार ०६:१६

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी निषेधाज्ञालाई परिवर्तनको तयारी गरिएको बुझिएको छ । अहिले विहान १० बजेसम्म खुला रहने गरेको बजार अब भने दिनभर जसो खुला गर्ने तयारी गरिएको हो ।

विहान १० बजेसम्ममात्र बजार खुल्ने गरेका कारण बजारका पसलहरुमा सेवाग्राहीको भीड बढेकाले दिनभर जसो बजार खुलाउनका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (कमान्ड पोस्ट) मकवानपुरले तयारी गरेको छ । पोस्टको सोमबार बसेको बैठकमा अब सुरक्षा सावधानी अपनाएर बजार खुलाउनुपर्ने विषयमा छलफल भएको थियो ।

बजार खुला गर्ने समयसीमा बढाउने तयारी भएपनि कति बजेसम्म दिउशो बजार खुला गर्ने भन्ने निर्णय भने हुन बाँकी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

आगामी भदौ २६ गते शुक्रबारबाट हाल जारी निषेधाज्ञालाई परिवर्तन गर्न कमान्ड पोस्टका सदस्यहरुबीच छलफल भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*