उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, १८ सय २१ जना उपचाररत

लोकखबर
२९ भाद्र २०७७, सोमबार १२:३६

मकवानपुर । राजधानी उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्‍न अस्पतालमा एक हजार ८२१ कोरोना संक्रमित उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म उपत्यकामा कोरोना पुष्टि भएका २० अस्पतालमा उक्त संख्याका संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आइसोलेसनमा १७ सयजना, आइसीयूमा १०१ जना र २० जना भेन्टिलेटरमा उपचाररत छन् ।

राजधानी उपत्यकामा ११ हजार १८६ कोरोना संक्रमित पुगेका छन् । जसमध्ये काठमाडौंमा नौ हजार ६८६ जना, भक्तपुरमा ९८८ र ललितपुरमा एक हजार १६२ जना छन् । उपत्यकामा सक्रिय संक्रमित ६०७८ जना छन् ।

कुन अस्पतालमा कति कोरोना संक्रमित उपचाररत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४५ जना उपचाररत छन् । जसमध्ये २५ जना आइसोलेसनमा, १६ जना आईसीयू र चारजना भेन्टिलेटरमा उपचाररत छन् ।

सशस्‍त्र प्रहरी अस्पताल बलम्बुमा कोरोना संक्रमण देखिएका १९८ जना उपचाररत छन् । जसमध्ये १८८ आइसोलेसन, ९ आईसीयू र १ भेन्टिलेटर उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा कोराना संक्रमित ८६ जना उपचाररत छन् । जसमध्ये ८० जना आइसोलेसनमा र आईसीयूमा ६ जना छन् ।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सयजना कोरोना संक्रमित उपचाररत छन् । जसमा आइसालेसनमा ८८ जना, आईसीयूमा आठ र भेन्टिलेटरमा चारजना उपचाररत छन् ।

कीर्तिपुर आयुर्वेदिक अस्पतालको आइसोलेनमा १५९ जना कोरोना संक्रमित उपचाररत छन् । काठमाडौं मेडिकल कलेज दुवाकोटमा ६७ संक्रमित उपचाररत छन् जसमध्ये आइसोलेसनमा ६४ र आईसीयूमा तीनजना उपचाररत छन् ।

धुलिखेल अस्पतालमा १८ जना उपचाररत छन् जसमा १७ जना आइसोलनमा, १ जना आईसीयूमा उपचाररत छन् । वीरेन्द्र अस्पतालमा ८७ जना उपचाररत छन् । जसमा आइसोलेसनमा ७४ र आईसीयूमा १३ जना उपचाररत रहेको पाइएको छ ।
नेपाल प्रहरी अस्पतालमा ३७२ संक्रमित उपचाररत छन् । जसमध्ये ३६९ जना आइसोलेसनमा र आईसीयूमा तीनजना उपचाररत छन् ।

भक्तपुर कोभिड अस्पतालमा १७, खरिपाटी आइसोलेनस सेन्टरमा ८२, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा ६७, इचङ्‌गुनारायण आइसोलेनमा १८४, शिर ममोरियल एडभेन्टिस्ट अस्पताल बनेपामा आठजना र महेश मेमोरियल अस्पतालमा ११६ संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

वीर अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन् । जसमा ५९ आइसोलेनमा र १० जना आईसीयूमा उपचाररत छन् । ग्रान्डी अस्पतालमा १५ जना आइसोलेसनमा, दुईजना आईसीयू र पाँचजना भेन्टिलेटरमा गरी २२ संक्रमित उपचाररत छन् । मेघा अस्पतालमा ५२ जना उपचाररत छन् । जसमध्ये ४० जना आइसोलेनमा र १२ जना आईसीयूमा उपचाररत छन् ।

ह्‍याम्स अस्पतालमा ४५ जना उपचाररत छन् । जसमध्ये ३२ जना आइसोलेनमा, नौजना आईसीयूमा र तीनजना भेनिटलेटरमा उपचाररत छन् । नर्भिक अस्पतालमा २७ जना कोरोना संक्रमण देखिएर उपचाररत छन् । जसमा आइसोलेसनमा १६,नौजना आईसीयू र दुईजना भेन्टिलेटरमा उपचाररत छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*