यौन उत्पिडनको आरोप लागेका ९ बलिउड सेलिब्रेटी

लोकखबर
१२ आश्विन २०७७, सोमबार १४:१८

मकवानपुर ।बलिउड अभिनेत्री पायल घोषले निर्माता/निर्देशक अनुराग कश्यपमाथि यौन दुर ब्यर्वहारको आरोप लगाएकी छिन् । पायल र अनुरागको यस शीर्षकले बलिउडमा निकै बहस भएको छ ।

बलिउडमा यौन दुर ब्यवहारको आरोप लागेको पहिलो घटना भने होइन । यसअघि पनि बिभिन्न बलिउड सेलिब्रेटीमाथि यौन उत्पीडनको आरोप लागेको थियो । आज हामी यीनै बलिउडकर्मीको चर्चा गर्नेछौ:

१. नाना पाटेकर
सन् २०१८ मा बलिउड अभिनेत्री तनुश्री दत्तले नामी अभिनेता नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । यसबारे नाना पाटेकरले तनुश्रीको आरोपको खण्डन गर्दै आफु निर्दोष रहेको बताएका थिए ।

२. आलोक नाथ
यौन उत्पिडनको आरोपबाट बलिउड फिल्मी जगतमा आर्दश पिताको छबि बनाएको अभिनेता आलोक नाथ पनि बच्न सकेनन् । उनी उपर लेखिका विन्ता नन्दाले फेसबुक पोस्ट मार्फत यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

३.विकास बहल
चिल्लर पार्टी, क्वीन र शानदार जस्ता सुपरहिट बलिउड फिल्म निर्देशक विकास बहलमाथि पनि यौन उत्पीडनको आरोप लागेको थियो । फैन्टम फिल्म्समा काम गर्ने एक कर्मचारीले विकाश उपर शारीरिक उत्पीडनको आरोप लगाएकि थिइन् ।

४. कैलाश खेर
चर्चित बलिउड गायक कैलाश खेर समेत यौन उत्पीडनको आरोपबाट बच्न सकेनन् । सन् २०१८ मा गायिका मोहापात्रा र अर्की एक महिलाले कैलाशको विरुद्धमा यौन उत्पीडनको आरोप लगाएका थिए ।

५.अभिजीत भट्टाचार्य
गायक अभिजीत भट्टाचार्यमाथि समेत एक विमान परिचालिका (फ्लाइट अटेन्डेन्ट)ले यौन दुर ब्यर्वहारको आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार २० बर्ष पहिले अभिजीतले उनलाई चुम्बन गर्न खोजेका थिए । हुनत यस आरोपलाई अभिजीतले अस्विकार गरका थिए ।

६.वरुण ग्रोवर
सन् २०१५ मा उत्कृष्ट शब्द (बेस्ट लिरिक्स) नेशनल अवार्ड जीतेका बलिउड गायक वरुण ग्रोवरका विरुद्ध एक महिलाले यौन उत्पीडनको आरोप लगाएकि थिइन् । ति महिलाका अनुसार सन् २००१ मा एक रिहर्सलमा वरुणले उनलाई गलत तरीकाले छुएका थिए । वरुणले यस आरोपको खण्डन गरेका थिए ।

७. शाइनी आहूजा
बलिउड अभिनेता शाइनी आहूजामाथि बलात्कारको आरोप प्रमाणित भएको थियो । सन् २००९ मा शाइनी आहूजाले घरमा काम गर्ने महिला कामदारको बलात्कार गरेको आरोप लागेको थियो । यस आरोपमा उनलाई दोषी मान्दै सन् २०११ मा ७ बर्षको जेल भयो ।

८. साजिद खान
बलिउड निर्देशक, कोरियोग्राफर तथा फराह खानका भाई साजिद खान विरुद्ध समेत यौन उत्पिडनको आरोप लागेको थियो । उनलाई अभिनेत्री सलोनी चोपडाले कैयौं महिनासम्म यौन दुराचार गरेको र मानसिक तनाव दिएको आरोप लगाएकि थिइन् । यस उपर साजिदले पिडीत उपर न्यायिक कारबाहि गर्न आग्रह गरे । पछि यो घटना बिस्तारै सेलाएर गयो ।

९. सुभाष घई
बलिउडका चर्चित निर्माता, निर्देशक र स्क्रीपराइटर सुभाष घई उपर समेत यौन उत्पिडनको आरोप लागेको थियो ।
खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*