अहिले मैले राजीनामा किन दिने ? दिन्नँ: ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
“बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर,” प्रधानमन्त्री ओलीले भने, “अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले मैले राजीनामा दिन्न ।”
उनले बाहिर के तयारी भइरहेको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।
“बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ । केही पनि हुने वाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,” उनले भनेका छन्, “तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् । धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं ।”बाह्रखरी डटकमबाट