ओली प्रचण्ड छलफल – प्रदेश एकको भर्चुअल बैठक र पार्टी फुटाउन खोजेको आरोपप्रति प्रचण्डको आपत्ति

लोकखबर
२० कार्तिक २०७७, बिहीबार १४:४८

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको संकट झनै गहिरिएको छ । पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए ।

उनकाअनुसार आजको भेटमा प्रचण्डले बुधबार ओली समूहले प्रदेश एकस्तरीय भर्चुअल बैठक राखेका विषयमा आपत्ति प्रकट गरेका थिए ।

“पार्टी फुटको आरोप मलाई लगाउने तर तपाईंहरू प्रदेश–प्रदेशमा बैठक गर्दै हिँड्ने । यो तरिका राम्रो भएन । यसले कुनै निकास दिँदैन । जे कुरा राख्नुपर्ने हो, बैठकमै राख्नुहोला,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, “फुटका गतिविधि तपाईंहरूले गरिराख्नुभएको छ ।”

त्यस्तै भेटमा प्रचण्डले सचिवालय बैठकको अडान दोहोर्‍याएको र ओली बैठकप्रति सकारात्मक बन्न नसकेको ती नेताको भनाइ छ ।

“बैठक राखौं । लागेका कुरा बैठकमै भन्नुहोला भनेर उहाँले आग्रह गर्नुभएको छ तर उहाँले कुनै जवाफ दिनुभएको छैन,” स्रोतको भनाइ छ ।बाह्रखरी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*