कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक मंसिर ८ भित्र पठाउन बोर्डको निर्देशन

लोकखबर
२६ कार्तिक २०७७, बुधबार १०:४१

मकवानपुर । सानोठिमी भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउन विद्यालयलाई निर्देशन दिएको छ ।

बोर्डका अनुसार २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरणसम्बन्धी कार्यविधि २०७७’ जारी भइसकेको छ । सो कार्यविधिअनुसार कक्षा १२ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन २०७७ मंसिर ८ गतेभित्र सम्पन्न गरी कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको हो । परीक्षा सञ्चालन तथा प्रमाणीकरण समितिले तयार पारेको मूल्यांकन हार्डकपी र सो को सफ्टकपीसहित बुझाउन निर्देशन दिइएको छ ।

बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरूबाट आन्तरिक मूल्याङ्कनको अंक प्राप्त गरी तोकिएको ढाँचामा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले भनेको छ ।

कक्षा १२ को लिखित परीक्षा भने मंसिर ९ गतेदेखि सुरु हुँदै छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*