वागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

लोकखबर
१० पुष २०७७, शुक्रबार १२:१३

काठमाडौं । वागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल,सामािजक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुणले नेपालले आज संयुक्त रुपमा राजीनामा दिएका हुन् ।
नेकपा विभाजनसँगै उनीहरुले मुख्यमन्त्रीमाथि विभिन्न आरोप लगाउँदै राजीनामा दिएका हुन् । मुख्यन्त्री डोरमणी पौडेल केपी ओली नेतृत्वको नेकपामा छन् । तीन मन्त्रीको राजीनामासँगै वागमती प्रदेशको सरकार धरापमा परेको छ । प्रचण्ड माधव नेपाल पक्षले अविश्वास प्रस्ता ल्याउने तयारी गरेको छ ।

नेपालप्रेस डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*