‘अदालतले जे पायो त्यही गर्न पाइन्छ ? हाम्रो पार्टी फुटाउन मिल्छ ? : दिनानाथ शर्मा
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पार्टी फुटाउने र जुटाउने काम सर्वोच्च अदालतको नरहेको बताउनुभएको छ । माग दाबी गरेकोभन्दा बाहिर गएर फैसला भएकाले त्यसको पुनरावलोकनका लागि आफूहरुले सर्वोच्च अदालतमा निदेवन दिएको उहाँले बताउनुभयो ।
उज्यालोसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘माग दाबीभन्दा बाहिर गएर पार्टी विभाजन गर्ने उद्देश्यले फैसला आएकोले पुनरावलोकनका लागि निवेदन दिएका हौँ ।’
फैसलाको ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन पाइने कानुनी व्यवस्था अनुसार आफूहरुले सर्वोच्चमा निवेदन दिएको भन्दै उहाँले अदालत पनि संविधानभन्दा बाहिर गएर काम गर्न नसक्ने बताउनुभयो । पार्टी बनाउने र नबनाउने एवं एकता गर्ने र नगर्ने भन्ने कुरा दुई राजनीतिक दलमा भर पर्ने भन्दै उहाँले आफूहरुको विषयलाई हस्तक्षप गर्ने काम अदालतले गरेको आरोप लगाउनुभयो ।
यस्ता हस्तक्षपहरु भोलिका दिनमा पनि अदालतलहरुले गर्न नपाउन् भनेर आफूहरुले पुनरावोलकनको निवेदन दर्ता गराएको उहाँको भनाइ छ । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘जे पायो त्यही गर्न पाइन्छ रु हाम्रो पार्टी फुटाउन मिल्छ रु हाम्रो पार्टी फुटाउने र जुटाउने कुरा सर्वोच्चको क्षेत्राधिकार भित्र पर्छ रु’
यस्तै उहाँले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि नहुने भन्दै वातावरण बन्यो भने केपी शर्मा ओलीसँग फेरि कुनै न कुनै ठाउँमा एकता हुन सक्ने बताउनुभयो ।उज्यालोअनलाइन डटकमबाट