सांसद रसाइलीको प्रश्न( बझाङका जनताले खान नपाएर आत्महत्या गर्ने हो
मकवानपुर । नेपाली कांग्रेसका सांसद् प्रकाश रसाइली स्नेहीले प्रधानमन्त्री केपी ओलीलाई बझाङका जनताले आत्महत्या गर्ने कि चामल खान पाउनेरु भनेर प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा बसेर जनताको दुःखको नृत्य हेरिरहेको उनले टिप्पणी गरे।
सांसद् रसाइलीले जनता भोकभोकै मनुपर्ने अवस्था आइरहँदा प्रधानमन्त्री ओली होली वाइन पिएर र सरकार टिकाउनका लागि सांसद खरिद बिक्रीको खेलमा लागेको आरोप लगाए।
रसाइलीले प्रधामन्त्रीले १३ करोडको होली वाइन खाने, सांसद् खरिद बिक्री गर्ने गरेको भन्दै बझाङका जनताले खाद्यान्न पाउने कि नपाउने भनेर प्रश्न गरे।
‘बझाङको साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पनादेवी बोहराले गाउँका जनताले चामल खान पाएनन् भन्दै १० वर्षको दुधे बच्चा बोकेर संघीय सरकारका विभिन्न मन्त्रालयमा धाउनुभयो’ उनले भने ।
यस्तै, बझाङ जिल्लाकै थलरा गाउँपालिका–२ का वाडाध्यक्ष हेम खड्काले खडेरीका कारण चामल खान पाएनौं अब कि त आत्महत्या गर्नुपर्यो कि त काठमाडौंको माइतीघर मण्डलमा आएर आन्दोलन गर्नुपर्यो भनेर फोनमार्फत गुनासो गरेको उनले बताए।
‘तपाईंको सरकार बनिसकेपछि १३ करोडको होली वाइन खानुभयो। तर, बझाङका जनताले चामल खान पाउने कि नपाउने रु प्रधानमन्त्रीसँग जवाफ माग्न चाहन्छु’, उनले भने।नेपाललाइभ डटकमबाट