महेश संस्कृत गुरुकुललाई मुठ्ठीदान हस्तान्तरण

लोकखबर
८ बैशाख २०७८, बुधबार २१:३२

मकवानपुर । मकवानपुरको हेटौंडा र काठमाडौंका मनकारी दाताले महेश संस्कृत गुरुकुल, देवघाटमा अध्ययन गर्ने आवाशीय विद्यार्थीका आवश्यक खाद्यान्न सहयोग गरेका छन् ।

गुरुकुलमै पुगेर विगतका वर्षमा झैं यो पटक पनि रामनवमीका अवसरमा मनकारी दाताहरुले सहयोग गरेका हुन् । चामल १६० क्वीन्टल, दाल ५० क्वीन्टल,चना १५ क्वीन्टल, चिनी १३ क्वीन्टल, तेल ६ सय ७५ लिटर, जीरा धनिया ३ क्वीन्टल, मेथी ज्वानो ४५ किलो, बेसार ५० किलो, साबुन ६ कार्टुन र गाइलाई चोकर २० बोरा सहयोग गरिएको हो ।

मुट्ठीदानबाट आवश्यक खाद्यान्न सहयोग सङ्कलन गरी गुरुकुलमा पुगेर हस्तान्तरण गरिएको मुठ्ठीदान संयोजक रामप्रसाद सुवेदीले जानकारी दिए । गुरुकुलमा अध्ययनरत विद्यार्थीका लागि हेटौंडा उपमहानगरपालिका, नारायणी यातायात व्यवसायी संघ,बागमती प्रदेशसभा सांसद इन्द्रबहादुर बानियाले सहयोग गरेका हुन् भने व्यवसायी एवं समाजसेवी अजयराज सुमार्गीले सहयोग सुरु गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*