जुटेर होइन छुटेर कोरोना जितौं
मोबाइल थिच्यो दुई थाल घिच्यो ! भनेर फेसबूकमा लेखेको देखेको थिए, त्यस्तै भको छ आजकल मेरो पनि साथी हालत। यो निषेधाज्ञामा कति सुत्नु कति मोबाईल चलाउनु कति बस्नु भनेर आज भने माक्स लगाएर सेनिटैजर बोकेर निस्के । जब हिड्दै अलि पर पुगे, सबै जान ब्यस्त देखिन्थे ,किरान पसल ,औषाधि पसल मा मान्छे को भिड देखिन्थे केही ले मास्क लगाएका देखे भने केही मानिसले मक्स बिना किनमेल गर्दै गरेको देखे ! मैले भौतिक दुरि र केहि सावधानी आप्नाएर केही बजार घुमे । यो महामारीमा आफ्नो खोकी । खोकी अरुको खोकी । कोरोना पो होकि सोच्नु स्वभाबिक नै थियो । केही बेर पछि थोरै मान्छेको भिड कम भयो । त्यसपछी मैले नि हरियो सागसब्जी ,केहि तरकारी र फलफूल लिएर म त्यहाँबाट निस्के मैले छिटो हिड्नु नै उचित ठाने ! किनकि सिमित समय को लागि मात्र केही खाद्यान्नको पसलहरु खुलेका थिए । म घर फर्कन आघि बढे साच्चै सवारी साधन बिना को त्यो खुल्ला बाटो रमाइलो अनि सफा देखिन्थे ! धेरै दिनपछि घर बाट निस्केको कारण ले होला सायद मलाई सबै ठाँउ, चोक , गल्ली गल्ली नाउलो लाग्दै थियो । त्यो डाडाकाडा त्यो राप्ती पुल ,सललल बगेको राप्ती देख्दा साच्चै यो
मन सबै दुख पिडा भुलेर आउछ।
साच्चै त्यो भिडहरु मा भन्दा यो एकान्त ठाँउ नै कोरोना बाट बच्न सक्ने ९९.५ सुरक्षा हुन्छ जस्तो लाग्छ । केहिबेरको बसाईपछि एक जान बुबा को बोलावटबाट म झस्किए । ए बाबु कति बज्यो रुती बुबाले माक्स नलागाएको देखेर मैले बुबा तपाईको माक्स खोइ रु अनि अहिले ६ बजेर १० मिनेट गयो बुवा ! मैले समय बताउन नपाउदै आ..अ बाबू कोरोना कोरोना यो सब हावा कुरा हो भन्दै रिसाहा पाराले जबाफ फर्काइन। होइन बुव मैले भने ! कोरोना छ ।हजारौं मान्छे यहा मरिरहेको छन।हामीले लकडाउनको पालन, सामाजिक कायम दुरि, भौतिक दुरि,माक्सको प्रयोग नियमको पालनबाट नै एस्को रोकथाम हुने हो। फेरि बुवाले कोरोनाको औषधी त बनिसके पछि फ़ेरि किन डराउनु त बाबु ?
होइन बुवा फेरि मैले भने ! त्यो त कोरोना विरुद्धको भ्याक्सिन मात्र हो रोकथाम को लागि, रोग लाग्न नदिन मात्र हो ।त्यो कोरोना को आषाधि होइनन ।मैले भने त्यसपछि बाबुले मुख खुम्च्याउदाइ भन्नू भयो खै के खै के बाबु ।
लु बाबू अलि हतार छ म गाको । त्यसपछि बुवा नमस्कार गर्दै बजारतिरा लाग्नु भयो। म नि घर तिरा हिडे । यदि अझै पनि कोहि बुवा जस्तै कोरोनाको आषाधी बनिसके भनेर, ढुक्क भएर बिना माक्स हिड्ने सामाजिक दुरि कायम नगर्ने छ्न भने ।आजै देखि निषेधाज्ञा को पालन र भौतिक दुरि नै कोरोना भाइरस को रोकथाम र मुल उपचार हो भन्ने जन मानस म बाँडौं । जुटेर होइन छुटेर कोरोना जितौं ।