बागमती प्रदेशसभाको अधिवेशन भोलि, पेलेर बजेट पास गरिए सरकार ढाल्ने विपक्षीको चेतावनी

लोकखबर
२६ जेष्ठ २०७८, बुधबार १९:२६

मकवानपुर । बागमती प्रदेशसभाको आठौं बैठक अधिवेशन भोलि विहीबार जेठ २७ गते बस्ने बस्दैछ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउशो ३ बजेका लागि तय भएको छ । बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिकरण गर्ने तयारी छ ।

प्रदेशसभाको गत जेठ १६ र १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताको विषयमा छलफल गरिएपछि अनिश्चितकालको लागि स्थगित भएको थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५४ अर्बको बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।
बजेटमा भौतिक पूर्वाधार निर्माण, विद्युतीय बस संचालन र पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिइएको बुझिएको छ ।

यता, सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आफूहरुलाई पेलेर बजेट पास गर्न खोजे मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन् । पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले आफूहरुलाई पेलेर सरकारले बजेट ल्याए सरकार ढाल्ने र नयाँ सरकार गठन गर्न आफूहरु लागिपर्ने चेतावनी दिएका छन् ।
नेता जम्मकट्ट्लले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख प्रतिपक्ष दलले दिएको सुझाव अनुसार ल्याउनुपर्ने बताए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*