अबको सरकारले ध्यान दिनुपर्ने कुरा

देवीप्रसाद गौतम
३१ असार २०७८, बिहीबार २०:१६

निसहरु भन्दैछन्–ओली युग युगको अन्त भयो। लामो संघर्ष पश्चात २०७२ सालमा नेपालको संविधान बनेको थियो । संविधानले निर्दिष्ट गरेका कार्यहरु गर्नु पर्ने अवस्था थियो । संविधान सभा २०७२ असोज ३ गते संविधान जारि गर्दै संविधानको भाग ३३ मा संक्रमणकालिन व्यवस्था गर्दै संविधान सभा व्यवस्थापिका-संसदमा रुपान्तरण भएको थियो । यसको आयु २०७४ साल माघ ७ गतेसम्म थियो । यसको अर्थ त्यसअघि नै आम निर्वाचन गर्नु पर्ने वाध्यता थियो । त्यसै अनुरुप २०७४ बैशाख र असोजमा स्थानिय चुनाव र मंसिरमा संघिय चुनाव भै फागुण ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुई दलका १७४ जनाको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम केपि ओलि ४१ औ प्रधानमन्त्रि बनेका थिए ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले २०७४ सालको संघिय चुनावमा पार्टी एकता गर्ने संखघोष गरेका थिए । त्यसै अनुरुप २०७५ जेष्ठ ३ गते एकता घोषणा गरिएको थियो । ओलिले एकताको मर्म अनुसार पार्टी र सरकार संचालन गर्न जानेनन् या जानी जानी बुझ पचाए । बुझ किन पचाए त्यो समयले देखाउनेछ । त्यसैको परिणाम आज वालुवाटारबाट ओली बालकोट पुगेका छन् ।उनले पहिले पटक संसद भंग गरे । चुनावको वाहाना पारे । तर चुनाव हुने कुरा थिएन । अदालतबाट पहिले पनि संसद व्युतायो । दोश्रो पटक संसद भंग गरे । अदालतले पुन संसद पुनर्स्थापित गर्यो । यि सबै कुरा थाहै छ । दुई तिहाईको सरकार पुरा अवधि चलाउन नसिक विदा भयो । यो ओलीको असक्षमता नै हो ।

देशवासिले संविधान बनेपछि आकांक्षा थिए । ति कति पुरा भए भएनन जनतालाई थाहा छ । तर पार्टि समेत एक हुन दिएनन् ओलीले । उनलाई कम्युनिष्ट एक भएको र ठुलो भएको देश स्थिरतामा चलेको देख्न सकेनन । यो नियत र भारतको नियत मिल्दो जुल्दो छ । यति भनेसि बुझिन्छ । लामो तर्क व्याख्या आवस्यक पनि छैन । बुझ्नेले बुझि हाल्छन् । नबुझ्नेले नबुझे नि बुझ पचाए पनि केही भएन । समाजमा अनेक थरी हुन्छन् नै । बिचार हुन्छ । चोरको त आफ्नो उदेस्य हुन्छ ।

कोरोनाले देश आक्रान्त छ । अभाव छ । जनतामा कठिनाई छ । मिति २०७८ साल असार २९ गते गठन भएको देउवाको सरकार जुन कांग्रेस-माओवादी-समाजवादी उपेन्द्र यादव-राष्टिय जनमोर्चा एमालेका वरिष्ठ नेता माधव नेपाल लगायतको समर्थन छ।देउवाले २९ गतेबाट ३० दिन भित्र संविधानको धारा ७६ को उपधारा ६ बमोजिम बिस्वासको मत लिनु पर्नेछ । सहमती पालना गर्नु देउवाको कर्तव्य हो।पालना होस् अहमता नहोस् ।यहि सरकारले संविधान बमोजिम आवधिक निर्वाचन गर्नेछ ।

जनताका अनेक आशाहरु छन् । त्यसमा ध्यान पुग्नु पर्नेछ ।फेरि गच्छदार आलम जस्ता बोक्न थालियो भने ओलिकै पारा हुनेछ । समझदारी गरिएन भने गठवन्धन टुटन सक्नेछ । यसको फाईदा फेरि प्रतिगमनकारीले लिनेछ । हामीले होसियार मात्र भन्ने हो ।

नयाँ खवर आएको छ । नेकपाका नेत्रविक्रम चन्दले प्रचण्ड भेटेको फोटो देखिएको छ । उनले अत्यन्त नाजुक अवस्थामा रहनु भएको सिता दाहाललाई हात छोयर सान्त्वना दिएको फोटोले समेत सबैलाई मर्माहत तुल्याएको छ । सबै माआवादी एक हुन पर्दछ । जनता समाजवादीको उपेन्द्र यादव बाबुराम माधव नेपाल सहितको वृहत कम्युनिष्ट एकता आजको आवस्यकता हो । त्यो पुरा होस् । त्यसले देशमा एउटा जिम्मेदार राजनैतिक पार्टीको खाँचो पुरा गर्नेछ । फेरि जनताले विस्वास गर्नेछन् । आगामी मतदानमा उच्च सहभागीता हुनेछ । उत्साह ल्याउनेछ । उर्जा थप्नेछ । सरकारका मन्त्रीले राम्रा काम गरुन् । खाली दलाल भ्रष्टहरु वोकेर नहिडोस् । चोरहरु धेरै छन् । यि र यस्ता चोरले देशवासी हैरान छन् ।

राष्टपति कार्यालय एउटा पत्र लेख्न जान्दैन । निच छ । कर्मचारीको हालत त्यस्तो छ । जनताले कति दुख पाएका होलान् यिनको नालायकीपनले । अब त्यस्तो नहोस् भन्ने मात्र हो जनताले।

सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । ओलीले प्रतिगामी फैसला भनि जलाएको समेत सुनियो । यो लज्जास्पद छ । लोकतन्त्रको आदर्श कायम राखेको छ । ओलिको अत्याचार अन्त्य भएको छ । यसका वरपरका मानिस कस्ता थिए । भ्रष्टाचारले सिमा नाघेको छ । आर्थिक वृदि दर माइनस २ रहेछ । प्रक्षेपण २ प्रतिशत भएपनि अवस्था नाजुक छ । देशको आम्दानीले खर्च मात्र धान्य अवस्था रहेछ । विकास खर्चको लागी ऋण चाहिने अवस्थामा देश पुगेको छ । यो अवस्था सुधार्न पहिले उर्जामा नाम कमाएको अर्थमन्त्री जनार्दन शर्मा आउनु भएको छ भने उर्जामा पम्फा भुसाल । अब अरु को को आउने हुन् ।

जादा जादै ओलीले यति सम्म निच काम गरेछन् । सह सचिवलाई सचिवको योग्यता पुगेका व्यक्ति हुँदा हुदै कनिष्ठलाई सचिवमा बढुवा गरेछन् । किन रे भने उनी अब दुई महिनामा रिटायर हुदैछन रे । सचिवमा बढुवा भएर रिटाएर हुन पाए भत्ता बढी आउछ भनेर बढुवा ठोकेर ओली विदा भएछन् । सुन्न समेत लाज लाग्ने कुरा । गाडी भाडा समेत बढाएर गएछन् । कति कनिष्ट भन्नुस् त । हरामै रहेछ । भन्न वाँकी नराखी र भनु जस्तो ।यस्ताले देश सपार्ने रे । वालुवाटारबाट घर वालकोट पाँच तलेमा जाँदा उता घरमा वेन वाजा यता वालुवाटारमा गाडीको लस्कर । ति लस्कर लाग्ने गाडी जोर जाम गर्न कति कार्यकर्ता पालेको रहेछ । कतिलाई फाईदा दिलाएको रहेछ । राम राम । आसे पासे हेर्नुस् त । आ मा मा । देशमा कहिल्यै नभएको घर फिर्ति जितेर आ जस्तो । साँच्चै जितेर आ भए त वस्नु खानु नहुने रे छ । हार्दा त यस्तो छ । जित्दा के गर्थे होला ।

उनले वार्तलीमा बसेर आमसभा गरेछन् र भनेछन् माधवलाई क्षमा दिन सकिदैन रे । को हुन् क्षमा दिने यिनि । अवतार जस्तो । भगवान जस्तो । पशुपति नाथै हुन् र ओ हो कमल थापा अझ सुध्रेको रहेनछ । सर्वोच्चमा गोरु व्यायो रे । उसको चुनाव चिन्ह गाई व्याउन पर्ने गोरु व्याएछ । अचम्म ।

ओली र कमल थापाको साँठ गाँठ त दरै रहेछ नि । अझ मोदीका हेर्नु न । दुई महिना नि न टिक्ने उथल पुथल गरेर नेपालमा भारतलाई के फाईदा भयो त । उसलाई मधेशवादी फुटाएर के फाईदा भयो । आफैले बनाएको मधेसवादी दल । कुन हालतमा पुरायो भारतले कस-कसलाई ।यस्ताको नि भर परेर राजनिति गर्नु । धिक्कार छ ।

मोदीले अहिले सम्म विदेश प्रमुखलाई वधाई दिन लगाएर आफैले वधाई दिन समेत आनाकानी गरेका छन् । यति सम्म हराम छ यो भारत । कहिल्यै भलो सोचेन् नेपालको यसले । नेपाली जनता दुखी छ । नागरिकता अध्यादेश पार्टि फुटाउने रेशम चौधरी छुटाउन खोज्ने जस्ता कति अपराध गरे यि ओलीले । जनताले आगामी दिनमा बिर्सने छैनन् । बिर्सनु नि हुदैन ।

अब सरकार संचालन  गर्नेले ध्यान पुराओस् । जनताले आनन्दको सास लिन पाउन । कोरोना खोप सबैले पाउन । लुकि लुकि नाता गोता साली साला ससुराली पत्नि लिएर खोप लगाउन जाने कुरा अन्त होस् । वकिलले खोप लाउन पाउने तर मुद्दाका झगडियाले लाउन नपर्ने । अनि वकिल पाल्ने फिस चै कस्ले तिरेको छ नि । आफुले लायसि हुने । यस्ता अपराध नगरउ । विधि र विधान बमोजिम खोप लाउने व्यवस्था होस् । उपमेयरले कोठामा ल्यायर लगाय रे । म लेखक चै साधारण नागरिकले लगाएको दिन लाउछु । सबै नागरिक बचुन् । स्वस्थ हुन् । जसरी जो जो कोरोना उपचारमा खटिनु भएको छ । ति सबैलाई सलाम छ । अहिलेलाई यत्ति ।

devi.gautamhtd@gmail.com 9855073529

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*