जिससको आयोजनामा दसैँ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) कार्यालय मकवानपुरको आयोजनामा आज विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तवयको क्रममा शुभकामना आदानप्रदान गर्दै जिसस मकवानपुरको प्रमुख रद्युनाथ खुलालले भने“पहिलाको भन्दा अहिले सांस्कृतिलाई हेर्ने दृष्टिकोण राम्रो तथा साकारात्मक भएको बताए । ” उनले भने छठ पर्व तराई क्षेत्रमा मात्र मनाइने गरेको तथा दसैँ पर्व पहाड क्षेत्रमा मात्र मनाइने गरेको थियो भने आज भोलि त्यो सांस्कृतिको दुरी समाप्त भएको र भाइचार सम्बन्ध भएको बताए । उनले भने हामिले हाम्रो सांस्कृतिलाई लोप हुँनबाट जोगाई राख्नु पर्दछ । प्रतेक सांस्कृतिको सम्मान गर्नु पर्छ ।
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दसौँको शुभकामना आदानप्रदान कार्याक्रममा बोल्नुहुँदैे भने—समानता आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताएका छन्। मुख्यमन्त्री शाक्यले सबैले सभ्य रुपले चाडपर्व मनाउनुपर्ने बताए । भड्कीलो, खर्चिलो रुपमा चाडपर्व नमनाएर परिवारसँग बसेर पर्व मनाउन आग्रह गरेको हो । चाडपर्वमा महिला र पुरुष दुवैले काम गर्नुपर्ने भन्दै महिलाहरुलाई पुरुषले पनि सघाउनुपर्ने बताए ।
कुनै पनि संस्कार भित्र विभेद गर्न नहुने भन्दै मुख्यमन्त्री शाक्यले संस्कृतिको जर्गेना गर्दै देशको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बताएका छन् । उनले चाडपर्वमा धेरै भिडभाड नगरी स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।
जिसस मकवानपुरको प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, उद्योगा पर्यटन वन तथा वातावरण मन्त्री शान्तीप्रसाद पौडेल, राज्यमन्त्री सरस्वती बाटी, समाजिक विकास तथा राज्यमन्त्री जुनेली श्रेष्ठ, भूमी व्यवस्था कृर्षी तथा सहकारी राज्यमन्त्री वद्री मैनाली तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महत र प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे तथा जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।