नेपाल प्रहरीको ६६औं प्रहरी दिवस कार्यक्रम सम्पन्न

लोकखबर
२० आश्विन २०७८, बुधबार १५:०५

मकवानपुर । नेपाल प्रहरीको ६६औं प्रहरी दिवस हेटौंडामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरि प्रहरी दिवस मनाईएको हो ।

कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रदाञ्जली तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको हो । ‘अपेक्षा फलको छैन सधै कर्तव्य चिन्तन, आहुति प्राणको दिने तिमीमा अभिनन्दन’ भन्ने मुल भावनाले कर्तव्य पालनाका शिलसिलामा प्राणको आहुति दिने अमर प्रहरीहरुका त्याग र वलिदानलाई सम्मान गर्दै अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरिएको हो ।

मुख्यमन्त्री शाक्यले समयको परिवर्तन संगै आम नागरिकले नेपाल प्रहरी आफ्नो सबैभन्दा नजिकको साथी हो भन्ने महुशुस गरिसकेको बताउँदै यसलाई जिवन्तता दिन प्रहरीले थप जनलक्षित गतिविधी गर्न आवश्यक रहेको बताए ।

उनले विज्ञान र प्रविथिको विकास संगै समाजमा नयाँ खालका अपराधहरु घट्ने गरेको बताउदै त्यसलाई निस्तेज पार्न नेपाल प्रहरी संगठनलाई वैज्ञानिक स्रोत साधन र दक्षताले सम्पन्न गराउनुको विकल्प नरहेको बताए । नेपाल प्रहरी संगठन भित्र सक्षमता र दक्षताको कुनै कमि नभएको बताउँदै यसलाई थप आधुनिकिकरण र स्रोत साधनले सम्पन्न गराउन आवास्यक रहेको उनले बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले सेवा प्रवाहका शिलसिलामा आफ्नो प्राणको आहुति दिने सम्पुर्ण अमर प्रहरीप्रति श्रद्धा सुमन अर्पण गर्दै संघियताको कार्यान्वयन संगै राष्ट्रको संस्थागत र प्रशासनिक विकासका क्रममा समाजमा आईपर्ने जस्ता सुकै चुनौतीहरुलाई पनि सामना गर्न नेपाल प्रहरी हरदम तयार रहेको बताए ।

सो अवसरमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रहरीको मुलभुत कार्यमा उल्लेखनीय योगदान पुर्यावउने तथा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ब्यक्ति र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने मान्नीय प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्री डा. अजय कुमार शाक्यको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै प्रहरी नायक महानिरिक्षक प्रहरी प्रकाश कार्की तथा प्रदेश आन्तरीक तथा कानुन सचिव शिवम भुजेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*