सपनाको मार्केट बालमन मार्केटमा रमाउँदै बालबालिका

लोकखबर
२२ आश्विन २०७८, शुक्रबार १८:५०

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका स्थित रहेको बाल मन्दिरमा नेपाल बाल संगठनले शुक्रबार एक कार्यक्रमको आयोजना गरि बालबालिकाहरुलाई दसैँ मनाउँनका लागि समाग्री वितरण गरेको छ । नेपालीहरुको महानपर्वको रुपमा रहेको विजया दशमी, तिहार, छठ तथा ल्होसार पर्वको अवसरमा नेपाल बाल संगठन, मकवानपुरद्धारा आयोजित तथा नेपाल सरकार, क्रिति फाउण्डेसन, किधबनिस क्लब, बिभिना फोण्डेसन, मदन भण्डारी स्पोर्टस एकेडेमी भिमफेदी, शर्मा परिवार हेटौंडा ५, युवा समाजसेवि विदुर रिजाल, पुस्तक तथा स्टेशनरी व्यवसायी, युवा समाज सेवी सागर पाण्डे तथा हेरिटेज भिमफेदी स्काउट ग्रुफ लगायतको सहयोगमा बालमन मार्केटद्धारा बालबालिकाहरुलाई समाग्री सहयोग गरेको हो । नेपाल बाल संगठन , मकवानपुरको आयोजनामा बाल मन्दिर भीमफेदीमा आश्रीत ३२ जना बालबालिकाहरुलाई लक्षित गर्दै बिजय दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना सहित संचालित बाल मेला (बालमन मार्केट) कार्यक्रम सम्पन्न भएको हो ।

बालबालिकाहरुलाई अनुशासित बनाउँनका लागि बालमन मार्केट संचालन गरेको हो । सो मार्केटमा समाग्री किनबेच गर्नका लागि नकलि रुपैयाँको मात्र प्रयोग गरेको थियो । मार्केटबाट समाग्री किनका लागि प्रत्ये बालबालिकालाई आवश्यकता अनुसार नकली रुपैयाँ दिएको थियो । सो रुपैयाँले बालबालिकाहरु खालि आफ्नो खेल्ने, खाने तथा लगाउने समाग्री मात्र किनेको थियो । बालबालिकाहरु दसैँको लागि आफ्नो मनले समान किन पाउँदा धेरै खुसी लागेको एक बालिकाले बताएकी छन् । नेपालको १० वटा स्थानहरुमा नेपाल बाल संगठन रहेको छ । नेपाल बाल संगठनको कार्यालय मकवानपुरको भिमफेदीमा ३२ जना बालबालिका रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बाल संगठनको केन्द्रिय अध्यक्ष बिद्या न्यौपाले भने- बालबालिकाहरुलाई अनुशासित बनाउँनका लागि बालमन मार्केट संचालन गरेको हो । यो बालबालिकाहरुको लागि सापाना जस्तै हुन्छ । यसले बालबालिकाहरुलाई धेरै विषय बस्तुको ज्ञान दिने उनले बताए । सो मार्केटमा समाग्री किनबेच गर्नका लागि नकलि रुपैयाँको मात्र प्रयोग गरेको हो। मार्केटबाट समाग्री किनका लागि प्रत्ये बालबालिकालाई आवश्यकता अनुसार नकली रुपैयाँ दिएको थियो ।

सो रुपैयाँले बालबालिकाहरु खालि आफ्नो खेल्ने, खाने तथा लगाउने समाग्री मात्र किनेको थियो । बालबालिकाहरु दसैँको लागि आफ्नो मनले समान किन पाउँदा धेरै खुसी लागेको एक बालिकाले बताएकी छन् । नेपालको १० वटा स्थानहरुमा नेपाल बाल संगठन रहेको छ । हाल्ल नेपाल बाल संगठनको ५७ वर्ष भन्दा बढी भएको अध्यक्ष न्यौँपानेले बताए ।

उनले भने( आज हामि नयाँ तरिकाले बालबालिकालाई विभिन्न समाग्री दिने छौँ । बालबालिकाले आफ्नो मन परेको समाग्री झान्न पाउँनका लागि हामिले बालमन मार्केट संचालन गरेको हो । यो मार्केटमा सबै बालबालिकाहरु नकलि रुपैयाँले समाग्रीहरु किन्ने छन् । यो अभ्यासले बालबालिकामा रुपैयाँको महत्व तथा अनुशासित र बजारिकरणको ज्ञान पनि हुँने उनले बताए ।

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि तथा भिमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले भने-विगतमा हुने गरेको कार्यक्रमलाई आहिले निरन्तरता दिएको छौँ । नेपाल बाल संगठनमा रहेको सम्पूर्ण बालबालिकाहरुको लागि हामिनै अभिभावक रहेको हुँनाले दसैँ तथा चाडपर्व नजिक आउँदा सबैलाई नयाँ नयाँ लुगा कपडा तथा विभिन्न किशिमको समाग्री किन्न ललाइत हुँने गरेको हुन्छ । र हामि संगठनमा रहेको सबै बालबालिकाको अभिभावको जिम्मेवारी लिएको हुँनाले सबैलाई चाडपर्वको अनुसार समाग्री वितरण गर्दै आएको उनले बताइन ।

यस्तै लोक खबरसंग कुरा गर्दैः कक्षा ३ मा अध्ययन रत रहेकी विनिशा खड्काले भन्नि-आजको दिनको पर्खाइ हामि सबै बालबालिकालाई हुँन्छ । आजको दिन हुर्नका लागि हामिले यो ५-६ महिना कहिले तिछ र दसैँ कहिले आउँछ भनन्ने सोचिरहन्छम । आज हामिले बालमन मार्केटमा आफ्नो मनले समान किन झन धेरै खुशी लागेको उनले बताईन । आज हामिले सो मार्केटबाट लुगा कपडा, कापी कलम तथा खाने कुरा सहित विभिन्न किसिमको समाग्री किनेको भम । यो वर्षको दसैँ अलि फराकिलो तथा धेरै रमाइलो गरेर मनाउँने उनले बताएका छन् । उनले भने आज मन सुतिराहेको छु । मैले आज सापानामा यस्तो मार्केट देखिराहेको छु र मैले यो आखा यस्तै बन्द गरि यो सापाना भित्र रहम कहिले पनि बाहिर न आम जस्तो लागि रहेको उनले बताए । सहयोगि संस्थाहरुले भनेः हामिले बालबालिकालाई सहयोग गर्ने अवसर पाउँदा खुशी लागेको छ । तथा आजको यो बजार देखेर त मपनि बालक बनेर बालपन मार्केटमा समाग्री किन जादा हुन्थीयो भनेर सोचमा छु । जति किने पनि पैसा सिद्धिदैन रहेछ । समानहरु पनि कति सस्तो मूल्यमा छ । लोभ लागने खालको । आजको दिन म कहिले पनि भुल्न सक्दीन । यो कार्यक्रमद्धारा बालबालिकालाई सहयोग गर्न पाउँदा मन धेरै खुशी भएको छ । बालमन मार्केटद्धारा बालबालिकालाई सहयोग गर्दा संस्थाको बालबालिका भित्र छुटै खुशी देखिने भएको छ । सबै बालबालिकामा भाइ चारा सम्बन्धको विकास भएको देखिन्छ । एकले अर्कालाई सहयोग गर्ने गरेको हुन्छ ।कार्यक्रममा नेपाल बाल संघको केन्द्रिय अध्यक्ष विधा न्यौँपानेको प्रमुख आतिथ्यता रहेको थियो भने भिमफेदी गाउँपासिलकाकी उप प्रमुख पार्वती रानाको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै नेपाल बाल संगठन जिल्ला समिति मकवानपुरको अध्यक्ष अशोक सार मगरको सभाध्यक्षता तथा आशिष अस्लामि तथा शिक्षा अधिकृत गोविन्द चौलागाईं लगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*