द भ्वाइस अफ किड्स सिजन वान जेनिश उप्रेतीलाई भोट गर्ने आज अन्तिम दिन, उत्कृष्ट ८ मा पुर्याउन भोट गर्न अपिल (यसरी गर्न सकिन्छ भोट)

लोकखबर
२३ पुष २०७८, शुक्रबार १९:०३

मकवानपुर । नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्स सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले आफुलाई भोटगरी बिजयी गराउन अनुरोध गरेका छन् ।

बहुमुखी प्रतिभाका धनी उप्रेतीलाई उत्कृष्ट ८ मा पु¥याउन भोट गर्ने आज अन्तिम दिन भएकाले आज साँझ ८ बजेसम्म भोट गर्न उप्रेतीले अपिल गरेको हो ।

जेनिस भ्वाइस अफ किड्सको उत्कृष्ट १६ मा छन् । आजको भोटको आधारमा ८ जना बाहिरिने छन् भने ८ जना फाईनर राउण्डमा प्रवेश गर्नेछन् । जेनिशलाई उत्कृष्ट ८ मा पुग्न दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । उनले आफुलाई भोट गरेर प्रतियोगिताको अगाडि बढाई दिनुहुन अनुरोध गरेका हुन् । जेनिश लोकप्रिय गायक प्रमोद खरेलको टिममा रहेका छन् ।

को हुन् जेनिस

जेनिसको जन्म वि.स २०६७ सालमा हेटौंड उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा भएको हो । उनको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । बाबु पनि बैदेशिक रोजगारीमा खाडी मुलुकमा छन् ।

चार बषकै उमेरमा गीत गाउन शुरु गरेको जेनिस अहिले ११ बर्षको भए । उनका बाबु रोजगारीको शिलशिलामा कुवेत बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत रहेका छन् ।

सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आएका । उनले अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत रहेका छन् ।

जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गरेको थियो । द भ्वाइस अफ किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको छ ।

उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्यटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका थिए ।

जेनिशले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको …..यो कुरा गोप्य नैं राखौंला …. बोलको गित गाउनु भएको थियो ।

जेनिस दुईपटक द भ्वाइस अफ नेपालको उपाधी जिताउन सफल टिम प्रमोदको टिम रहेका छन् । कोच प्रमोदको टिममा जेनिससंगै, सम्बृद्धि परियार, शुभम् निरौला, सिम्रन आले, दर्शिल पन्त र रुक्साना लिम्बु रहेका छन् । जसमा आगामी भोलीहुने लाईभ शोबाट कोच प्रमोदको टिमबाट कमभोट ल्याउने दुई जना प्रतियोगिताबाट बाहिरिने छन् ।

यदी जेनिसले टिम प्रमोदबाट टप ८ मा स्थान बनाएको खण्डमा पहिलो द भ्वाइस अफ नेपाल किड्सको उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि जित्नको लागि त्यहाँ पनि कोचको कुनै हात हुने छैन । दर्शककै साथ, सहयोग र भोटको आवश्यकता पर्दछ ।

हेटौडामा जन्मेको दुई बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर गएका थिए । त्यसपछि उनको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा उनले संगीतको कक्षा पनि लिएका थिए । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको चार बर्ष भइसकेको छ । उनको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।

द भ्वाइस किड्समा लाइभ राउण्ड चलिरहेको छ। लाईभ राउण्डदेखि प्रतियोगिलाई अगाडि लैजाने कोचको कुनै हातहुँदैन । पूर्ण रुपमा दर्शकको माया, साथ र सहयोगको मुख्य भूमिका रहन्छ कुन प्रतियोगिलाई अगाडि बढाउने भन्ने । अहिले लाइभ राउण्डमा चारजना कोचका ४–४ जना गरी कुल १६ जनाप्रतियोगि रहेका छन् ।

कसरी भोट गर्ने ?

जेनिसालाई भोट गर्नको लागि खाल्ती एप्स डाउन्लोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक दिनमा एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*