भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन
भारतीय वरिष्ठ गायिका लता मंगेशकरको आज निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो ।
कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
उनी विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिईन् । पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । तर आज उनको निधन भएको हो। जसले सिंगो राष्ट्रलाई शोकमा पारेको छ।