प्रदर्शनीको क्रममा दक्षिण भारतको आरआरआरसहित ५ फिल्मको रिलिज मिति घोषणा
कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध अब क्रमशः हट्दै गएपछि भारतका सिनेमा हल पनि खुल्दैछन् । यसैलाई मध्यनजर गर्दै निर्माण पक्षले आफ्ना फिल्मको रिलिज मिति घोषणा गर्न थालेका छन् ।
दक्षिण भारतका ५ ठुला एक्सन चलचित्रले पनि प्रदर्शनको रिलिज मिति घोषणा गरेका छन् । कोरोना भाइरस कै कारण कतिपय फिल्महरुले आफ्नो प्रदर्शन मिति समेत सारेका थिए ।
दक्षिण भारतका पुष्पा फिल्म सुपर हिट भएपछि बाँकी फिल्महरुको दर्शक प्रतिक्षामा रहेका छन् । अब आउने दिनहरुमा राम चरण, जुनियर एनटिआर, अजित कुमार, यश र महेश बाबुको चलचित्र सिनेमा हलहरुमा लाग्नेछन् । अब पछिल्लो समयमा प्रदर्शनीमा आउने चलचित्र यस प्रकारका छन् ।
आरआरआर
एस एस राजामौलीद्वारा निर्देशित फिल्ममा अजय देवगन, आलिया भट्ट, जुनियर एनटीआर र राम चरण रहेका छन् । यो फिल्म मार्च २५ मा सिनेमा हलमा लाग्ने भएको छ । यसअघि जनवरी ७ मा प्रदर्शन हुने तयारी थियो तर, कोरोनाको कारण प्रदर्शन मिति सरेको थियो ।
राधे श्याम
राधा कृष्ण कुमार निर्देशित यो फिल्म यहि मार्च ११ मा सिनेमा हलहरुमा प्रदर्शन हुनेछ । यस फिल्ममा मुख्य भुमिकामा प्रभास, पुजा हेगडे र भाग्यश्री रहेका छन् । पहिला यो फिल्मको प्रदर्शनी मिति जनवरी १४ मा रहेको थियो ।
केजीएफ २
सञ्जय दत्त, यश, प्रकाश राज र रवीना टंडन यो फिल्मको मुख्य भुमिकामा रहने भएका छन् । यो फिल्म यहि अप्रिल १४ मा सिनेमा हलहरुमा लाग्ने भएको छ । यस फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । केजीएफ हेरेकाहरुका लागी केजीएफ २ को निर्माण भएको छ ।
वलीमई
अजित कुमारको वलीमाई यहि फ्रेवअरी २४ बाट प्रदर्शनीमा आउने भएको छ । यस फिल्मको निर्माता बोनी कपुर हुन् भने निर्देशन एच बिनोद ले गरेका हुन् ।
सरकारु वारी पाटा
सरकारु वरी पाटा मे १२ बाट देशभर प्रदर्शन हुनेछ । यस फिल्ममा महेश बाबु मुख्य भुमिकामा देखिने भएका छन् । यो फिल्मलाई निर्देशक परशुरामले निर्देशन गरेका हुन् ।(इमेजखबरबाट साभार