रौतहटको बलुवामा आजबाट श्री बिष्णु महायज्ञ सुरु 

रन्धिर साह
७ फाल्गुन २०७८, शनिबार २२:२५

मकवानपुर । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित बलुवामा श्री १०८ बिष्णु महायज्ञ सुरु भएको छ । शनिबार (आज) बिहानबाट सुरु भएको महायज्ञमा करिब २ हजार १ सय कुमारी कन्याद्धारा कलश यात्रा निकालिएको थियो ।

नौदिनसम्म हुने महायज्ञमा २१ सय कुमारी कन्याद्धारा कलश यात्रा निकालिएको हो । बलुवाको श्री राम जानकी मन्दिरबाट निकालिएको कलश यात्रा ब्रहम बाबा (माता भगवत) को पुजा गरे पछि बलुवादेखि फतेपुर, बगही, पोखरिया गाउँ तथा कटहरिया बजार हुदै देवाही गोनाहीको लालबकैया नदिमा पुगेर कलशमा जल राखेर पुन यज्ञ मण्डपमा प्रवेश गरेको थियो। महायज्ञमा हेलिकप्टरद्वारा फुलको वर्षा गरिएको थियो।

महायज्ञमा हरेक भगवानको ५२ औं अवताको मूर्ति समेत बनाइएको थियो भने प्रत्येक ५ वर्षमा श्री बिष्णु महायज्ञ गर्ने र मेला लगाउने उदेश्का साथ ५ वर्ष पहिला कटहरिया नगरपालिका ८ बलुवा गाउमा महायज्ञ सुरुवात भएको कटहरिया नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष चन्दनप्रसाद कुश्वाहाले बताए ।

यज्ञमा विभिन्न खेल, प्रोग्रामको व्यवस्था रहेको आयोजक समितिले जनाएको छ ।

कार्याक्रमा कटहरिया नगरपालिकाका उप प्रमुख नुरजहा खातुन, कटहरिया ५ का समाजसेवि युवा नेता नसरुदिन अनसारी, वडा नम्बर ८ का वडा अध्यक्ष नवधराय यादव, देवाही गोनाही नगरपालिका वडा नम्बर-६ का युवा नेता पवनकुमार ठाकुर तथा स्थानीयहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*