पत्रकार गिरिजा अधिकारी ‘जनसेवा श्री’बाट विभूषित

लोकखबर
१ बैशाख २०७९, बिहीबार १७:०८

मकवानपुर । पत्रकार गिरिजा अधिकारी जनसेवा श्रीबाट आज विहीबार विभूषित भएका छन् ।

दुई दशक बढी निरन्तर पत्रकारितामा सक्रिय अधिकारीको विशीष्ट योगदानको कदर स्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज एक समारोहमा विभूषित भएका हुन् । पत्रकार तथा साहित्यकारका रुपमा लोकप्रिय अधिकारीलाई सरकारले संविधान दिवस २०७८ का अवसरमा जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको थियो ।

अधिकारी वि.सं.२०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका हुन् । उनी हाल मकवानपुरको हेटौंडाका स्थायी बासिन्दा हुन् । वि.सं.२०५७ बाट पत्रकारितामा आबद्द अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौंबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरेको अनूभवी पत्रकार उनी हाल तु खबर डटकमको सम्पादकको भूमिकामा छन् ।

यस्तै, मकवानपुरको मनकामना एफएम, नेशनल एफएम,शक्ति एफएम, रेडियो सरोबर, पाल्पाको रेडियो पश्चिमाञ्चल, रेडियो सगरमाथालगायतमा संवाददाता, समाचार प्रमुख र सम्पादकको रुपमा उनले जिम्मेवारी बहन गरेका छन् ।

अधिकारीको अक्षरका जुलुसहरु, इतिहास र लाल झा र २५ प्रतिवाद नामक कविता संग्रह प्रकाशित छन् । ‘मकवानपुरे पत्रकारिता’ (इतिहास र समिक्षा) र ‘मकवानपुरमा मिडिया’ नामक अनुसन्धानात्मक पुस्तक उनको सम्पादनमा प्रकाशित छ ।

अधिकारी विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन् । प्रेस काउन्सिल नेपालबाट युवा पत्रकारिता पुरस्कार, राष्ट्रिय सूचना आयोगबाट प्रादेशिक सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लब नेपालको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत भएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*