बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
मकवानपुर । बागमतीका प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् ।
प्रमुख शर्मा शनिबार विहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयालका अनुसार शर्माको काठमाडौंको हेल्पिङ् ह्याण्ड्स सामुदायिक अस्पताल चाबहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परिक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको फुुयालले जानकारी दिए ।
उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको नीजि सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।