भुन्द्रुङ टाँडीमा २ सय ३० जनाको आँखा जाँच, २४ जनामा मोतिबिन्दु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ टाँडीमा २ सय ३० जनाको आँखा जाँच गरिएको छ । उनीहरुमध्ये २४ जनामा मोतिबिन्दु देखिएको छ । वडा कार्यालय परिसरमा भएको एक दिने निशुल्क आँखा शिविरमा उनीहरुको आँखा जाँच गरिएको हो ।
मोतिबिन्दुको समस्या भएकाहरुलाई मंगलबार वडा कार्यालय परिसरबाट यातायातको व्यवस्था गरी निःशुल्क शल्यक्रियाको लागि हेटौँडा सामुदायिक आँखा अस्पतालमा लगिने बताइएको छ ।
हेटौँडा सामुदायिक आँखा अस्पतालको आायोजना र प्राविधिक सहयोगमा भएको शिविर मनहरी गाउँपालिकाको सहआयोजनामा भएको थियो । शिविरमा मनहरी गाउँपालिकाको वडा नम्बर १ , २ , ३ र ४ का सेवाग्राहीहरुले सेवा लिएको त्यहाँबाट पत्रकार जयराम मोक्तानले जानकारी दिएका छन् ।