युवा व्यवसायीलाई प्रोत्साहन दिँदै हेटौँडाकी मेयर मीना लामा !
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौँडाका एक युवा व्यवसायीको नयाँ व्यवसायको उद्घाटन गरेकी छिन् । मेयर लामाले हेटौँडा ४ का युवा व्यवसायी जगदिश बिडारीले हेटौँडामा सञ्चालन गरेको दोस्रो जे एण्ड बि बारिष्टा एकेडेमीको उद्घाटन गरेकी हुन् ।
उद्घाटनका क्रममा हेटौँडा नगरपालिका युवा व्यवसायीहरुको पक्षमा रहेको भन्दै उनले युवा व्यवसायीहरुलाई प्रोत्सहान गर्नुपर्नेमा जोड दिएकी थिईन् । लामो समयदेखि वैदेशिक रोजगारीमा बिताएका एकेडेमीका संचालक बिडारीलाई नेपालमै केही गर्ने प्रोत्सहान मिलोस् भन्ने उदेश्यले मेयर लामा उद्घाटनमा सरिक भएको हेटौँडा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।
बिडारीले डेढ करोड रुपैयाँको लगानीमा जे एण्ड बि बारिष्टा एकेडेमी संचालन गरेका हुन् । एकेडेमीमा १७ जना युवाहरुलाई रोजगार दिइएको बताइएको छ ।