बाल समूहको आयोजनामा हेटौँडामा रक्तदान
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८, कमानेमा बाल समूहको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । निलगिरी बाल समूह हेटौँडा ८ को आयोजनामा वडा नम्बर ८ स्थित निमचोकमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । कार्यक्रमलाई कालिकामाई टोल विकास सँस्थाले सहकार्य गरेको थियो । कार्यक्रममा निलगिरी बाल समुहका अध्यक्ष सिमोन भट्टराईको सभाअध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको विशिष्ट आतित्थ्यता रहेको थियो ।