सचिवमा मकवानपुरका ऋषि के.बि.

लोकखबर
२३ चैत्र २०८०, शुक्रबार २०:३८

जी. न्यौपाने, मकवानपुर । नेपाल खेलकुद महासंघको केन्द्रिय निर्वाचन आयोगको केन्द्रिय सचिवमा मकवानपुरका ऋषि के.बि. चयन भएका छन् ।

लामो समय सम्म विभिन्न खेल क्षेत्रमा आवद्ध के.बि. मकवानपुर जिल्लामा कार्यरत कुशल अधिवक्ता समेत हुन् ।

नुवाकोटका रामकृष्ण खड्काको अध्यक्षतामा १४ सदस्यीय कमिटि गठन गरिएको हो । चयन भएका अध्यक्ष खड्का, कमिटिको उपाध्यक्ष स्याङ्जाका हरिप्रसाद पङ्गेनी र सचिवमा चयन भएका के.बि. सहितको टोलीलाई महासंघका केन्द्र अध्यक्ष परशुराम बस्नेतले सपथ ग्रहण गराएका छन् ।
कार्यक्रममा संघका केन्द्रिय महासचिव धरमबहादुर लामाको पनि आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*