हेटौँडा ११ मा सहकारी शिक्षा र महत्वबारे जानकारी

लोकखबर
२४ चैत्र २०८०, शनिबार १७:१०

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा अवस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्थाले हेटौंडा ११ मा रहेको ५ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाइ सहकारी शिक्षा र यसको महत्त्वबारे जानकारी गराएको छ ।

सहकारीको शिक्षा उपसमितिको आयोजनामा गरिएको कार्यक्रममा स्मारक टोल विकास संस्था , शन्तिचोक टोल विकास संस्था, गणेस्थान टोल विकास संस्था, सिद्धार्थ टोल विकास संस्था र लालीगुराँस टोल विकास संस्थाका पदाधिकारीहरुलाइ सहकारीको महत्त्वबारे बताइएको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए ।

उपयोगी सहश्राब्दीका कोशाध्यक्ष रामेश्वर नगरकोटीको सभाध्यक्षतामा हेटौंडा ११ शहिद स्मारकको थाहा भवनमा भएको कार्यक्रममा हेटौंडा ११ का वडाध्यक्ष विकास नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आयोजक सहकारीका अध्यक्ष दिनेश बिडारी , गणेश स्थान टोल विकास संस्थाकी अध्यक्ष तारा कप्रौला लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा टोल विकास संस्थाका १५८ जना सहभागी थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*