‘मारीखोलाको ढुंगो’ सार्वजनिक

लोकखबर
२६ चैत्र २०८०, सोमबार ११:१४

मकवानपुर । साहित्यकार जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो।

काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे-हुर्केको पुस्ताको हो भन्ने प्रतीकात्मक संकेत गरिएको थियो। नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन्।

दुई दिन पहिले मात्र आफ्नो पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौं आइपुगेका लेखक दर्लामीले पब्लिकेसन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*