मकवानपुरगढी २ मा डढेलोले खानेपानीको पाईप जल्यो

चन्द्र घलान
२६ चैत्र २०८०, सोमबार ११:३२

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का विभिन्न स्थानमा डढेलोको कारण खानेपानीको पाईज जलेपछि अहिले त्यस क्षेत्रका साथै वडा नम्बर ३ का विभिन्न स्थानमा खानेपानी वितरण रोकिएको छ ।

वडा नम्बर २ को माथिल्लो बाँसपानी, मन्जुश्री वन हुँदै आउने बृहत खानेपानी, अमृत खानेपानी, वरभन्ज्याङ्ग खानेपानी, बाँसपानी खानेपानी, धवाडी सिँचाइ १ र धवाडी सिँचाई २ को पाईपमा बन डढेलोले क्षति पुराएपछि खानेपानी वितरणमा समस्या भएको वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रिनले जानकारी दिए ।

शनिबार बेलुका आगो लागेपछि स्थानीयले निभाउन प्रयास गर्दा पनि रातको समय र पहारा र भिर परेकोले आगो फैलिएको र पाइप जलेर क्षेती पुगेको पाख्रिनले बताए । स्थानीयले आगो निभाउन नसकेपछि ईलाका प्रहरी कार्यालयका प्रहरीहरु आगलागी भएको स्थल पुगेको र निभाउन नसक्ने अबस्था भएपछी स्थानियसंग जानकारी लिई नजिकको घरपरिवार सुरक्षित र सजक रहन जानकारी गराउँदै सुरक्षा टोली फर्किएका थिए ।

आगो नियन्त्रणमा लिन नसकेपछि आईतबारदेखि नै त्यस क्षेत्रको वरभन्ज्याङ्ग, बाँसपानी, पौवाडाँडा, गुम्बा, धरमपानी, कुर्ले, गैरिभन्ज्याङ्ग, शिखरकटेरी, लामिडाँडा, भालुन्टार र ३ नम्बर वडाको क्षेत्रमा खानेपानी बन्द भएको छ । साथैँ सिँचाई पनि पुर्ण रूपमा बन्द भएको छ । खानेपानी र सिँचाइको पाइप क्षेतिको बिवरण एकिन गरि मर्मतकार्यको लागि स्थानिय सरोकारवाला सबैलाई आआफ्नो तहबाट लाग्न वडाअध्यक्ष पाख्रिनले आग्रह गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*