हेटौँडा–१४ मा तामाङ समुदायमा ताम्बा सँस्कारबारे तालिम शुरु
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ कालोपानीमा तामाङ समुदायमा रहेको ताम्बा सँस्कारबारे ३ दिने तालिम सुरु भएको छ । तालिमको आज कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।
तामाङ सँस्कृतिको जगेर्ना गर्ने उदेश्यले संचालित तालिम यही चैत ३० गतेसम्म संचालन हुनेछ । तालिममा सहभागीलाई मेयर लामा र वडा नम्बर १४ का वडाअध्यक्ष दिपक खड्काले तामाङ जातिको पोषाक पनि वितरण गरेका थिए ।
छोर्वा बोम्बो तथा डम्फु सेलो व्यवस्थापन उपभोक्ता समिति हेटौँडा १४ को आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो । तामाङ सँस्कृतिमा ताम्बा सँस्कारलाई निक्कै महत्वपूर्ण मानिन्छ ।