हेटौँडाको जामे मस्जिदमा मन्त्री श्रेष्ठको शुभकामना

लोकखबर
२९ चैत्र २०८०, बिहीबार १६:४३

मकवानपुर । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले इस्लाम समुदायमा मनाइँदै गरिएको ईद-उल फित्र पर्वका अवसरमा हेटौंडाको जामे मस्जिद पुगेर इस्लाम समुदायलाई शुभकामना दिएका छन् ।

मन्त्री श्रेष्ठले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त दिएका हुन् ।नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको बताए ।

नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेकोले हाम्रो समाज उत्कृष्ट भएको समेत बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*