राक्सिराङमा चट्याङ लाग्दा २ जना घाईते

लोकखबर
१ बैशाख २०८१, शनिबार ०८:३४

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–८ धुसबगरमा चट्याङ लागेर दुइ जना घाइते भएका छन् । चट्याङ लागेर ३४ वर्षिकी सुस्मिता घलान र १५ वर्षिय सुवास घलान घाइते भएका हुन् ।

उनीहरुको उपचारका लागि मनहरी अस्पतालमा ल्याएको र सामान्य उपचारपछी भरतपुर रिफर गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । दुबै जनाको शरिरको भित्रि भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*