हेटौँडामा २५ जना प्रहरीलाई सवारी चालक तालिम शुरु
मकवानपुर । मकवानपुरको हेटौँडामा २५ जना प्रहरीलाई हलुका–हेभी सवारी चालक तालिम आईतबारबाट सुरु भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाण्डौंको चालु आर्थिक वर्षको स्विकृत वार्षिक तालिम क्यालेण्डर अनुसार हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामामा तालिम सुरु भएको हो । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार तालिम १६ कार्यदिन अवधीको आवासीय सवारी चालक (हलुका–हेभि) तालिम चौंथो समुहको उद्घाटन भएको हो ।
तालिममा प्रदेश प्रहरी कार्यालय हेटौँडा तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १९ जना गरी जम्मा २५ जना पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।