खोप अभियानमा क्रियाशिल हुन स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

लोकखबर
१० बैशाख २०८१, सोमबार ०९:४८

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले दादुरा रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न चिकित्सकहरुलाई निर्देशन दिएका छन्। आइतबार दादुरा रुबेला अभियानको समिक्षा, आई पि भी खोप अभियान सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा आफ्नो मनतव्य राख्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।

जिल्लामा रुबेलाको अवस्था बुझेर कस्ता कार्यक्रम ल्याउदा उपयोगी हुन्छ भन्ने विषयमा बुझेर अगाडी बढ्न मन्त्री श्रेष्ठले अनुरोध गरे । स्वास्थ्य क्षेत्रमा भएको कमीकमजोरीलाई सुधार गर्दै थप गर्नुपर्ने कार्यक्रमहरुलाई थप गरी काम गर्न सुझाव समेत दिए ।

जिल्लामा रहेका चिकित्सकहरुले क्रियाशिल भई खोप लगाउने कार्यमा हेलचक्राई नगरी काम गरी मृत्युदर शुन्यमा झार्न यो अभियानमा सहयोग गर्न स्वास्थ्य मन्त्री श्रेष्ठले अनुरोध गरे । आफ्नो जिवनको प्रवाह नगरी जनताको सेवामा लागी परेका कर्मचारीलाई हौसला प्रदान गर्दै यो कार्यको राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाएको कुरा सुझाए । चिकित्सकहरुको काम प्रति सम्मान व्यक्त गर्दै बिरामीको स्वस्थ जिवनको लागी दिनरात खटिनुहुन्छ भन्ने विश्वास राखेको मन्त्री श्रेष्ठले बताए ।

विपन्न परिवारलाई स्वंयमसेविकाहरुले महत्वपूर्ण योगदान पुर्याएकोमा खुसी व्यक्त गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले ल्याएको बिमामा विपन्न परिवारका सदस्यहरु लभांवित हुन नसकेकोमा दुख व्यक्त गरे । सबै जनताले संविधानको मर्म अनुसार स्वास्थ्यको पहुंचमा ल्याउन स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्दै मन्त्री श्रेष्ठले यस आर्थिक वर्षमा ७ हजारको हाराहारीमा परिवार लाभांवित भैसकेको र यस आर्थिक वर्षकोअन्त सम्ममा थप २ करोड थपेर १२ हजार घरधुरीलाई विमाको सुविधा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*